वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
उदयपुरको मैनामैनी हत्याकाण्डको अपराधी सार्वजनिक
Prabhu Bank AD

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्लाको बेलका नगरपालिका मैनामैनी हत्याकाण्डका अपराधीलाई सार्वजनिक गरेको छ । भाद्र १७ गते करिब १२ बजे एकै परिवारका तीन जनाको हत्या गरेको आरोपी नर बहादुर बस्नेतलाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्रकार सम्मेलन गरेर हत्यारा बस्नेतलाई सार्वजनिक गरेको हो ।

आरोपी बस्नेतले नातामा दाजु पर्ने राज कुमार बस्नेत, भाउजु सरिता बस्नेत र भतिजो सुजन बस्नेतको खुकरी प्रहार गरी हत्या गरेका थिए । हत्या गरी भाग्दै गरेको अवस्थामा आरोपीलाई प्रहरीले बेलका–६ स्थीत वरवोटेबाट घटना घटेकै दिन खुकुरीसहित प्रक्राउ गरेको थियो । मनोगत रिसिइबी तथा सामान्य वादविवादपछि हत्या भएको प्रहरीले जनाएको छ । आरोपी नर बहादुर बस्नेतले हत्या गरेको स्वीकारेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले आजै जिल्ला अदालतबाट सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति पाएको छ । मृतकहरुको धरानमा पोष्टमार्टमपछि हिजो साँझ सप्तकोशीमा दाहसंस्कार गरिएको थियो । मृतकको परिवारमा ८०÷८५ बर्षका दुई बुढी आमाहरु र पाँच र सात बर्षका छोरीहरुको रहेका छन् । उनीहरुको साहरा खोसिएकोले उनीहरुको भरणपोषणसहितको क्षतिपूति अपराधी नरबहादुर बस्नेतको जायजेथाबाट भराउनु पर्ने र निज हत्यारालाई सर्वस्वसहित आजिवन काराबासको सजाय हुनुपर्ने पीडित पक्षले माग गरेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर