वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
सबै ठाउँमा उमेदवारी दिने जागरण अभियानको घोषणा
Prabhu Bank AD

बिहिवार १६ भदौ । राष्ट्रिय दलित मुक्ति जागरण अभियानले सबै ठाउँमा उमेदवारी दिने घोषणा गरेको छ ।

राजनीतिक दलहरुले आफू र आफ्नो सामन्त जमिनदार र आसेपासेहरुको संरक्षण गर्न गठबन्धनको नौटंकी गरी संकटमा रहेको आफ्नो अस्तित्व जोगाउन चुनावी तालमेल गरी अधिकार विमुख सर्वसाधारण जनताको भोट द‍ोहन गरी सरकारमा मिलेर भ्रष्टाचार तालमेल गरेको जागरणको ठहर छ ।

राजनीतिक दलले यस्तो विशेष गठबन्धनको समयमा पनि दलित, महिला, अल्पसंख्यक लगायतकालाई समुदायलाई प्रत्येक्षमै चुनाव जिताउन सक्ने बेला पनि एकजना दलितलाई पनि आफ्नो प्रभावी क्षेत्रमा टिकेट दिएर चुनाव जिताउन न चाहेको विभेदकारी नश्लीय मान्सिकतालाई जागरण अभियानले यो चुनावमा स्वतन्त्र उमेदवार दिएर पनि तोड्ने निर्णय लिएको छ ।

बैठकमा उपस्थिति गंगा सदाले भने जुन ठाउँमा जुन दलले दलित सिमान्तकृत समुदायको साथ दिन्छ त्यो दलसँग चुनावी तालमेल हुन सक्छ । नभए जागरण अभियान रहेको ४० वटै जिल्लामा स्वतन्त्र उमेदवार दिने निर्णय लिएको बताए । उनले थपे, यस्तो मजबुतीको समयमा पनि दलहरूले दलित उमेदवार चयन गरेर जिताउन सकेन भने दलित समुदाय हरेक पार्टीबाट विद्रोह गर्नेछन् र जागरण अभियान यसको संरक्षण गर्नेछ समेत बताए ।

 

Prabhu Bank AD

सम्बन्धित खवर