वि.सं.२०८३ वैशाख १ मंगलवार
Dish Home Long Ad
४६ जिल्लाका भूमिहीन सुकुम्बासीलाई निवेदन दिन भूमि आयाेगकाे आग्रह
Prabhu Bank AD

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका निवेदन दिन सूचना निकालेको छ। आयोगले जारी गरेको सूचनामा ४६ जिल्लाका विभिन्न स्थानीय तहलाई निवेदन दिन आग्रह गरेको छ।

बुधबार (१ भदौ) मा सूचना निकाल्दै आयोगले सूचना जारी भएको ३५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले तोकिएको ढाँचा बमोजिम निवेदन फाराम भरी स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत पेश गर्न सूचना जारी गरेको छ।

भूमि आयोगको सूचना:

Prabhu Bank AD

सम्बन्धित खवर