वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
दलित जागरणले थालियो संसदीय चुनावी अभियान
Prabhu Bank AD

जनकपुर । खडक नगरपालिकामा राष्ट्रिय दलित मुक्ति जागरण अभियानका नगर कमिटीले संसदीय निर्वाचनलाई लक्षित गरी दलित जागरण चुनावी सचेतना अभियानको सुरुवात गरेका छन् ।

मंसिर ४ मा हुने चुनावलाई लक्षित गरी दलित बस्तीहरुमा जागरणका नगर स्तरीय अभियानताहरुले जागरण घरदैलो कार्यक्रम सुरु गरेका छन् । उनीहरुले दलित भोटलाई दलित नेतृत्वहरुले भनेको आधारमा मतदान गर्नेगरी जागरुकता चलाएका छन् ।

मंगलबार २४ गते कल्याणपुर बजारको रजैया धाँती सामुदायिक भवनमा आयोजित कार्यक्रमका अध्यक्ष जागरणका नगर अध्यक्ष गंगा सदाले गरेका थिए भने अतिथिमा जागरणका जिल्ला संयोजक प्रथमलाल राम, बद्री सदा, चन्द्रनारायण राम, बिक्रम महरा, चलितर मण्डल, राधा पासवान, क्षेदी पासवान लगायतका उपस्थित रहेका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर