काठमाडौं । कोरोना संक्रमण देखिएपछि भोजपुरको टेम्केमैयु गाउँपालिकाका तीनवटा विद्यालय बन्द गरिएको छ । उक्त पालिकाको वडा नं. ३ अन्नपूर्णस्थित बाघधन रणदीपा राई माध्यमिक विद्यालय, छाङछाहाङ प्रावि र वडा नं. ७ को जनोदय मावि बन्द गरिएको हो ।
बाघधन रणदीपा राई माविका पाँच विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि साउन २७ गतेसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक डम्बर राईले बताए । २७ गतेसम्म कोरोना संक्रमणको अवस्था हेरेर विद्यालयको पठनपाठन सञ्चालन गर्ने या बन्द लम्ब्याउने भन्नेबारे टुङ्गो लगाइने उनको भनाइ छ । ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको देखियो‚ राईले भने‚ त्यसैले २७ गतेसम्मका लागि विद्यलाय बन्द गरियो ।

