वि.सं.२०८३ कात्तिक ८ शनिवार
Shivam
Dish Home Long Ad
TaTa
आज स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

काठमाडौ । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
बुधबार बिहान गैरापातु झोलुंगे पुलस्थित सडकमा लु. प्र. ०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा पप्पु नेपालीका छोरा दुई वर्षीय आयन नेपाली घाइते भएका थिए।
उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ। सल्यानको शारदा नगरपालिका २, खलंगा घर भएका पप्पु हाल दाङको तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवामा डेरामा बस्दै आएका छन्।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Agni

सम्बन्धित खवर