वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगिन, चीनले गर्याे ताइवानविरुद्ध फौजी कारबाहीको घोषणा
Prabhu Bank AD

काठमाडौं । चीनको चर्को विराेध र अवराेध छिचोल्दै अमेरिकी सभामुख न्यान्सी पेलाेसी ताइवान पुगेकी छिन् । पेलोसी मंगलबार राति ताइवानको सोङसान विमानस्थलमा ओर्लिएकी हुन्। चिनियाँ सेनाको अवरोध छिचोल्न मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर उनी ताइवान उत्रिन सफल भएकी हुन्।
न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएको छ ।
चिनियाँ उप–विदेश मन्त्री, झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको र गम्भीर परिणामहरूको चेतावनी दिए । उनले चीन चुपचाप नबस्ने बताए । मंगलबार ताइवान पुगेकी पेलोसीले राष्ट्रपति र संसदसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ ।
‘ताइवानको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अटल प्रतिबद्धता’लाई सम्मान गर्न चाहेको सभामुख पेलोसीले बताइन् । एसिया भ्रमणका क्रममा चीनको चेतावनीबीच पेलोसी ताइवानको राजधानी ताइपेय पुगेकी हुन् । चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ । चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने घाेषणा गरिसकेकाे छ ।

ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो । एसिया भ्रमणको क्रममा सभामुख पेलोसिले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन ।

१९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो। अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन्।
पेलोसीको भ्रमणबाट आक्रोशित चीनले मंगलबार रातिदेखि नै ताइवानविरुद्ध फौजी कारबाहीको घोषणा गरिसकेकाे छ ।
अहिले ताइवान चिनयाँ सेनाकाे घेरामा परेकाे छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर