वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन
Prabhu Bank AD

काठमाडौं । वाणिज्य बैङ्कहरूले कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै आर्थिक वर्ष २०७८÷७९ ‘क्लोज’ गरेका छन् । असार मसान्तसम्म २६ वटा वाणिज्य बैङ्कहरूले यस्तो निक्षेप सङ्कलन गरेको वाणिज्य बैङ्कहरूको छाता संगठन बैंकर्स संघले जनाएको हो ।

समीक्षा अवधिमा बैङ्कहरूले पौने ४२ खर्ब अर्थात् ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको समेत संघले जानकारी दिएको छ । आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन मसान्तसम्ममा ४१ खर्ब २३ अर्ब निक्षेप सङ्कलन गर्दै ३७ खर्ब ६४ अर्ब लगानी गरेका बैङ्कहरूले असार मसान्तसम्ममा ४ खर्ब १८ अर्बले निक्षेप र ४ खर्ब ११ अर्बले कर्जा लगानी बढाएको संघको तथ्याङ्कले देखाएको छ ।

पहिलो त्रैमास सम्ममा ४२ खर्ब ६९ अर्ब निक्षेप सङ्कलन गरेर ३९ खर्ब ९८ अर्ब कर्जा लगानी गरेका बैङ्कहरूले दोस्रो त्रैमासको अन्तसम्ममा ४३ खर्ब ४ अर्ब सङ्कलन गरेर ४१ खर्ब ४३ अर्ब लगानी गरेका थिए । यस्तै, तेस्रो त्रैमाससम्ममा ४३ खर्ब ८९ अर्ब निक्षेप सङ्कलन गरेर ४१ खर्ब ९७ अर्ब लगानी गरेकोमा चौथो त्रैमाससम्ममा कुल ४५ खर्ब ४१ अर्ब निक्षेप सङ्कलन गर्दै बैङ्कहरूले ४१ खर्ब ७५ अर्ब कर्जा लगानी गरेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर