वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
खासमा कम्युनिष्टहरू राष्ट्रवादी कि अन्तर्राष्ट्रवादी ?
Prabhu Bank AD

मानव जातिको भावी इतिहासलाई वर्गविहिन, राज्यविहिन अर्थात् सारा संसारभरि एउटै मात्र मानव जातिको परिकल्पनासहित राजनीतिमा होमिएका कम्युनिष्टहरू आज किन राष्ट्रियता वा राष्ट्रिय मुक्ति वा स्वतन्त्रताको आन्दोलन वा लडाईंमा सबैभन्दा अग्रमोर्चामा होलान् ? आम मानिसहरू छक्क पर्दै मनमनै गम्दा होलान्– खासमा कम्युनिष्टहरू राष्ट्रवादी कि अन्तर्राष्ट्रवादी ?

राज्य वा राष्ट्रको अर्थ र अवधारणालाई विश्व इतिहासको कसिमा राखेर हेर्दा– यो प्राकृत वा श्वास्वत कुरा हो कि समाज विकासको वा सभ्यताको ऐतिहासिक विकासक्रमको एउटा चरण हो भनी बुझ्नुपर्ने हुन्छ । मानव जातिको इतिहास अझ प्राग ऐतिहासिक कालको अवलोकन गर्दा त्यहाँ कुनै राष्ट्र वा राज्य देखिदैन, त्यस्तै राष्ट्र वा राज्यको विलयपछि पनि मानव समाज वा सभ्यताले निरन्तरता पाउने कुरामा सन्देह पनि छैन । आज सुचना प्रविधि लगायत पेशा व्यापार व्यावसायको क्षेत्रमा देखिएको भूमण्डलीकरण र देशीय सीमा तथा भूमिकाहरूको सुषुप्त विलयीकरण त्यसैको एउटा ज्वलन्त उदाहरण होइन र ? यस्तो प्रकारको भूमण्डलीकरणलाई उचित प्रकारको व्यवस्थापनको लागि विश्वव्यापी अभिभावकीय राजनैतिक निकायको आवश्यकता पनि विस्तारै महशुस हुँदै गएको छ भन्दा अत्युक्ति नहोला ।

उपरोक्त भूमण्डलीकरण कुनै कम्युनिष्ट वा गैर कम्युनिष्ट पार्टी वा राजनीति विशेषको उपहार वा उपज होइन । यो त विज्ञान–प्रविधि सञ्चार लगायतका कुराको स्वाभाविक निरन्तर विकास र विस्तारको अनिवार्य परिणति होे । तर यस स्थितिमा एक व्यक्तिबाट अर्को व्यक्तिमाथि, एक जातिबाट अर्को जातिमाथि, अझ भनौ एक राष्ट्रबाट अर्को राष्ट्रमाथि हुने थिचोमिचो, अन्याय, असमानता आदिको विरुद्ध खबरदारी गर्ने कुरामा कम्युनिष्ट पार्टी वा राजनीति अग्रमोर्चामा देखा पर्नुलाई कसरी अस्वाभाविक मान्नु ?

यसलाई कम्युनिष्टहरूको भाषामा भन्नुपर्दा नौलो जनवादी कालमा कम्युनिष्टहरू राष्ट्रवादी हुन्छन र समाजवादी कालमा अन्तराष्ट्रवादी । यसले फेरि अर्को अन्योलता ल्याइदिन्छ, पुर्व सोभियतसंघ, चीन, क्युवा आदि समाजवादी राष्ट्रका रुपमा कसरी देखा परे ? समाजवादको विश्वव्यापी वा अन्तर्राष्ट्रिय रूप किन देखा परेन ?

मानव समाजको विकास क्रमलाई अवलोकन गर्दा बर्बर वा जङ्गली युगपछि दासयुग, अनि सामन्तवादी युग पुँजीवादी युग, समाजवादी युग अनि साम्यवादी युग भनी व्याख्या गरिएपनि कतिपय स्थान र अवस्थामा त्यही रूपमा नभई बीचका चरणहरू हराएको देखिन्छ । जस्तै अफ्रिकाका तटीय क्षेत्रहरू एकैपटक बर्बर अवस्थाबाट पूँजीवादी केन्द्र वा शहरमा विकास भए । सं.रा. अमेरिका पनि बर्बर वा दास युगबाट सामन्तवादी युगमा प्रवेश नै नगरी एकैपटक उच्च स्तरको पूँजीवादी युगमा प्रवेश ग¥यो । त्यस्तै रुस र चीन पनि बीचको पूँजीवादी युगमा नअल्मलिएर सामन्तवादी युगबाट एकै पटक समाजवादी युगमा प्रवेश गरे । कारण त्यहाँ पूँजीवादको राजनैतिक आधार वा नेतृत्व अत्यन्तै कमजोर देखा प¥यो, त्यसले उक्त समाजलाई नेतृत्व दिन सकेन ।

यो कुरा गैर कम्युनिष्टहरूमात्रै नभई स्वयं कम्युनिष्टहरूकै लागि पनि अस्वाभाविक थियो । जस्तै कि लेनिनकै भनाईमा “यो बोल्सेभिक वा अक्टोबर क्रान्तिपछि जर्मनी, बेलायत जस्ता देशहरूमा पनि समाजवादी क्रान्ति सफल हुँदै यसले अन्तर्राष्ट्रिय आयाम लिनु अनिवार्य हुनेछ, अन्यथा एउटैमात्र सोभियत संघमा स्थापना भएको समाजवाद लामो समय टिक्ने छैन । तर न समाजवादी क्रान्तिको अन्तर्राष्ट्रिय विस्तार भयो न त सोभियत संघ तुरुन्तै विघटन भयो । कालान्तरमा यसले धक्का खाँदै आफूलाई सुधार गर्नुपर्ने स्थितिमा पु¥यायो ।

नेपालको सन्दर्भमा वर्तमान वा भावी राजनीतिलाई विश्लेषण गर्नुपर्दा– काँग्रेस कम्युनिष्ट, माओवादी आदिको भेद हराएको वर्तमान स्थितिमा, देउवा, केपिओली, प्रचण्ड सबै आफूलाई खाँटी संसदवादी भएको दाबी गरिरहेको स्थितिमा यिनीहरूको राजनैतिक आधार वा यिनीहरूलाई टिकाईराख्ने वा काँध थाप्ने भनेको राष्ट्रिय पूँजीवाद नै हो । सतही राजनीति वा समाचारमा जे सुकै देखिए पनि यिनीहरूको आगत सजिलै अनुमान गर्न सकिन्छ– भारतमा त्यहाँका राष्ट्रिय पूँजीपति वा उद्योगपतिहरू त्यहाँको संसदीय राजनीति वा मोदीहरूको राजनीतिको लागि जत्तिको भरपर्दा छन्, नेपालमा त्यस्ता राष्ट्रिय पूँजीपति तयार भएकै छैनन् ।

निर्वाचनको बेलामा रक्सी–मासुको भेल बगाउन राजनैतिक पार्टी वा नेताहरूलाई केही पैसा दिएर, निर्वाचन पछि महङ्गीले जनताको ढाड सेक्ने देशका दलालहरूको कर्तुतले अन्ततः यी राजनैतिक पार्टीहरूको भविष्य कहाँ पुग्ला ? भर्खरैको स्थानीय निर्वाचनमा बालेन शाह र हक साङ्गपाङ्ग राईको उदयले स्पष्ट पारिसकेको छ । स्मरण रहोस्– जुन देश वा समाजमा राष्ट्रिय पूँजी वा उद्योगधन्दाको विकास हुन्छ, त्यहाँ बजारमूल्य घटदोक्रममा हुन्छ, तर जहाँ विकृत पूँजीवाद वा दलाल पूँजीवाद हावी हुन्छ त्यहाँ बजार मूल्य आकासिन्छ । भारत, चीन जस्ता छिमेकी मुलुकहरूको तुलनामा नेपालमा के भइरहेको छ ?

मुनाफाको लागि पूँजी र प्रविधिको विश्वव्यापीकरणलाई नै अन्तिम सत्य ठान्ने र समाजवादलाई स्वैर परिकल्पना ठान्दै इतिहासको अन्त्य भएको भन्ठान्नेहरूले श्रमको अन्तर्राष्ट्रियकरणलाई कसरी नदेखेका होलान् ? वास्तवमा स्थितिको अर्को पाटोको रुपमा रहेको युवाहरूमा संसदीय वा दलीय राजनीतिप्रतिको वितृष्णा वा विदेश पलायन लगायत श्रम शक्तिको अन्तर्राष्ट्रियकरणले संसदीय राजनीतिको खिलापमा क्रान्तिकारी कम्युनिष्ट वा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको आधारभूमि तयार भइरहेको छ, जसको लागि उपयुक्त प्रकारको सक्षम नेतृत्वको अभाव एकदमै खडकिएको छ । अबको क्रान्तिकारी राजनीतिको काँधमा एकातिर राष्ट्रिय राजनीतिलाई सही दिशामा वा मार्गमा डो¥याउनु आवश्यक छ भने अर्कोतिर श्रमको अन्तर्राष्ट्रियकरण तथा पूँजीको केन्द्रिकरण भइरहेको अन्यायपूर्ण स्थितिमा अन्तर्राष्ट्रिय (क्रान्तिकारी) समाजवादी आन्दोलनलाई पनि नेतृत्व वा मार्गनिर्देश गर्नु उत्तिकै आवश्यक छ ।

Prabhu Bank AD

सम्बन्धित खवर