वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
मेयरबाट राजीनामा दिँदै बालेन
Prabhu Bank AD

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन्। स्थानीय तहको नेतृत्व सम्हालेको करिब चार वर्षपछि उनी राष्ट्रिय राजनीतिमा होमिन लागेका हुन्।

मेयर शाहले पदबाट राजीनामा बुझाएर दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहभागी हुने तय भएको छ।

उनी रास्वपा सभापति रवि लामिछानेसँगै बालेन ४ः१५ बजे जनकपुर जाने टिकट बुक भइसकेको स्रोतले जनायो।

रास्वपाका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीका अनुसार अनुसार आजको बैठकमा बालेनलाई वरिष्ठ नेताुको रूपमा स्वागत गर्ने तयारी छ। २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर ऐतिहासिक जित निकालेका शाहले यसपटक संसदीय निर्वाचनको बाटो रोजेका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनी झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रने पक्का भएको छ।
रास्वपा केन्द्रीय सदस्य ज्ञवालीले नेपालखबरसँग भने, ुआजको केन्द्रीय समिति बैठकले उम्मेदवारहरूको अन्तिम टुंगो लगाउनेछ। मेयर पदबाट राजीनामा दिएर बालेनजी बैठकमा आउनुहुनेछ। उहाँ हाम्रो पार्टीको मुख्य उम्मेदवार बन्नुहुनेछ।

जनकपुरमा हुने राजनीतिक कार्यक्रमलाई उनीहरूले संयुक्त रूपमा सम्बोधन गर्ने बुझिएको छ। काठमाडौँको मेयरका रूपमा बालेनको कार्यकाल र उनको राजीनामाले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय