वि.सं.२०८३ वैशाख १८ शुक्रवार
Dish Home Long Ad
११ महिनामा २ खर्ब ६९ अर्ब रुपैयाँ सोधनान्तर घाटा
Prabhu Bank AD

काठमाडौं । निर्यातमा भन्दा आयातमा धेरै रकम बाहिरिँदा देशको सोधनान्तर स्थिति चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब ६९ अर्ब रुपैयाँ घाटामा रहेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७ र ७८ को यसै अवधिमा सोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको शोधनान्तर स्थिति यस आवमा भने २ अर्ब २६ करोड डलरले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा चालु खाता ५ अर्ब ९५ अर्ब ७३ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। अघिल्लो वर्ष यसै अवधिमा चालु खाता २ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ घाटामा थियो।

यसअवधिमा पूँजीगत ट्रान्सफरमा ३२.९ प्रतिशतले कमी आई ९ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ। तर, खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने ७.१ प्रतिशतले वृद्धि भई १७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवको यसै अवधिमा वैदेशिक लगानी १४ अर्ब १५ करोड रुपैयाँ मात्र थियो।

Prabhu Bank AD

सम्बन्धित खवर