वि.सं.२०८३ कात्तिक ११ मंगलवार
Shivam
Dish Home Long Ad
TaTa
डा.सन्दुक रुइतः बिरामी छोडेर मन्त्री हुने समय छैन

 

काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीलाई आफू मन्त्री नबन्ने जवाफ दिएका छन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमै पुगेर प्रधानमन्त्री कार्कीले रुइतलाई आफू नेतृत्वको सरकारमा मन्त्री बन्न आग्रह गरेकी थिइन्।

कार्कीको आग्रहपछि डा रुइतले सरकारलाई आफूले सहयोग गर्ने तर, सरकारमा मन्त्री बनेर सहभागी हुन नसक्ने बताए।
प्रधानमन्त्रीसँगको भेटपछि रुइतले सञ्चारकर्मीलाई आफूले मन्त्री नबन्ने जानकारी गराएको हुन ।

ुप्रधानमन्त्रीले सरकार अलि जटिल अवस्थामा बनेको छ। सरकारमै सहभागी भएर सहयोग गर्नुपर्‍यो भनेर भन्नु भएको थियो,ु उनले भने, मैले उहाँलाई अहिलेको समय बिरामीलाई छाड्न सक्ने खालको छैन। मेरो प्राथमिकतामा बिरामी नै छन्। म सरकारमा सहभागी हुँदिन तर सहयोग गर्छु भनेर भनेँ।

Agni

सम्बन्धित खवर