वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
भारतसँगको सीमामा तारबार लगाउनु पर्छ भनेकै भोलिपल्ट भारतीय राजदुतले भेटे प्रधानसेनापतिलाई
Prabhu Bank AD

 

काठमाडौं । सेनाले जंगी अड्डामा आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुधारका क्षेत्रहरू’ विषयक सेमिनारमा प्रधानसेनापति प्रभुराम शर्माले भने– ‘गतिलो बार–बन्देजले असल छिमेकी बनाउँछ । मलाई लाग्छ गुड फेन्सेस मेक गुड नेभर्स (गतिलो बार–बन्देजले असल छिमेकी बनाउँछ) । सीमा क्षेत्रमा हुने अवाञ्छनीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न यो आवश्यक छ । तर, यससम्बन्धी निर्णय भने भइसकेको छैन । अब आकाशको सिमानाको पनि कुरा गर्नुपर्छ । आकाशमा भएका रणनीतिका कारण देशको सुरक्षामा सकारात्मक–नकारात्मक प्रभाव पार्छ । हामीले अकासे सीमाको पनि अध्ययन गर्नुपर्छ र नेपाली सेनालाई यसका लागि उपकरणले सुसज्जित गराउनुपर्छ ।’

सेनाले नेपाल–भारत सिमानामा तारबार लगाउनुपर्ने प्रस्ताव गरेकै भोलिपल्ट (आज) भारतीय राजदुत नविन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मालाई जंगी अड्डा पुगेर भेटघाट गरेका छन् । बिहीबार सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयद्वारा जंगी अड्डामा आयोजित अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी सेमिनारको समापनमा बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले खुला सीमा नियन्त्रणमा जोड दिँदै तार लगाउनुपर्ने प्रस्ताव गरेका थिए ।

राजदुतले प्रधानसेनापतिलाई भेटेको विषयलाई नियमित भनिएको छ । भेटमा के कुरा भयो भन्ने विषय स्पष्ट नभएपनि ‘गुड फेन्सेस मेक गुड नेभर्स’ अर्थात् गतिलो बार–बन्देजले असल छिमेकी बनाउँछ भनेर बोलेका प्रधानसेनापति शर्मालाई राजदूतले भेटेको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सीमा सुरक्षाको विषयलाई सेनाले राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डतासँग जोडेर अध्ययन–अनुसन्धान गर्दै आएको पनि प्रधानसेनापति शर्माले बताएका थिए। ‘जस्तोसुकै विकराल र जटिल भए पनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सीमा क्षेत्रमा हुने अवाञ्छनीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध सबै पक्ष चनाखो भई प्रयासरत रहनुको विकल्प छैन,’ सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानसेनापति शर्माले भने, ‘सबै सम्बद्ध निकायबीच निरन्तर समन्वय र सहकार्य अपरिहार्य छ ।’

Prabhu Bank AD

सम्बन्धित खवर