वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
अपडेट : रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो
Prabhu Bank AD

काठमाडौं । रामेछापमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। उपचारका क्रममा काभ्रेस्थित धुलिखेल अस्पतालमा थप चारजनाको मृत्यु भएसँगै मृतकको संख्या १३ पुगेको हो।

रामेछापको सुनापती गाउँपालिका– ३ हिलेदेवीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ख ८३९६ नम्बरको यात्रुबाहक बस खाँडादेवी गाउँपालिका– १ लुभुघाटमा आज बिहान दुर्घटना भएको थियो। बस सडकको मोडबाट करिब सय मिटर तल खस्दा नौजनाको घटनास्थलमै मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए।

घाइतेमध्ये तीनजनालाई हेलिकोप्टरमार्फत र बाँकी २१ जनालाई एम्बुलेन्स र जिपमार्फत धुलिखेल लगिएकोमा थप चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सामान्य घाइते भएकाहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ ।

उक्त बसमा कति यात्रु सवार थिए र के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन। घटनास्थलमा ज्यान गुमाउने सबैको सनाखत भएको छ। मृत्यु हुनेहरूमा सुनापती गाउँपालिका– ५ रामेछापका ६० वर्षीय ठूलो तामाङ, सुनापति– ४ की २६ वर्षीया समिता तामाङ, सुनापति– ५ का ६५ वर्षीय खटबहादुर विक, २२ वर्षीया विपना तामाङ र ३५ वर्षीया सन्जु आलेमगर रहेका छन्।

त्यसैगरी, काभ्रेको रोसी गाउँपालिका– ४ का २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका– ८ का १८ वर्षीय सुदीप बस्नेत, मन्डनदेउपुर– ९ का ६० वर्षीय शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका– ५ काभ्रेका ४० वर्षीय कुलबहादुर विकको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएका चारजनाको भने सनाखत हुन बाँकी रहेको र अन्य घाइतेको नामावली संकलन भइरहेको उनले जानकारी दिए ।

Prabhu Bank AD

सम्बन्धित खवर