वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
दलितको भोटले राजनीतिक दल बाँचेका हुन – राजेश विद्रोही
Prabhu Bank AD

बिराटनगर । लेखक तथा समाजिक अभियन्ता राजेश विद्रोहीले दलितहरुको भोटको कारण आजसम्म राजनीतिक दलहरु बाँचेको बताएका छन् ।

आइतबार बिराटनगर १२, मझुवा टोलमा आयोजित राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालको कोशी प्रदेश कार्यसमितिको बैठकमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दैन भने, दलित समुदायले आफ्नो त्याग, तपस्या, वीरता र बलिदानलाई गम्भीरतापूर्वक लिने फुर्सद पाएको छैन् । इतिहासलाई फर्केर हेर्दा र राजनीतिक दलको हरेक चुनावलाई समिक्षा गर्ने हो भने दलित समुदायकै कारण आजसम्म राजनीतिक दल बाँचेका हुन् । नभए उनीहरूको मृत्यु भइसकेको हुन्थ्यो । उनले थपे, जुन दिन दलित समुदाय दलित समस्याबाट मुक्त हुनेछ त्यो दिन नेपाल नै स्वर्ग हुने समेत बताए ।

सयौंको संख्यामा उपस्थित जागरण अभियानका अभियानताहरुले पनि आफ्नो मन्तव्यहरु राखेका थिए । दलित समस्या र समाधानका विषयलाई जागरण अभियानको माध्यमबाट कसरी सम्बोधन गर्ने र राज्यलाई दबाब दिने भन्ने बारेमा समेत सहभागीहरुले आफ्नो सुझाव राखेका थिए । कोशी प्रदेशको संयोजकमा दुर्गानन्द दासलाई चयन गरिएको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय