वि.सं.२०८३ कात्तिक ११ मंगलवार
Shivam
Dish Home Long Ad
TaTa
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूत  भ्रियोनिडेसको शिष्टाचार भेटवार्ता

कात्तिक १० । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले शिष्टाचारभेटवार्ता गर्नुभएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीयसहकार्यका विभिन्न विषयमा छलफल भयो।

परराष्ट्रमन्त्री खनालले साइप्रसमा रहेका नेपालीहरूका बारेमा चासो व्यक्त गर्नुभएको थियो।

साथै, उहाँहरूबीच बहुपक्षीय फोरमहरूमा आपसी हित र सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो।

Agni

सम्बन्धित खवर