काठमाडौँ । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित डोना पाउलाको आफ्नै घरमा हृदयघातका कारण उनको निधन भएको हो ।
सन् १९५१ जनवरी १ मा भारतको महाराष्ट्रस्थित रायगढ जिल्लाको मुरुडमा उनको जन्म भएको थियोे । १९७८ मराठी फिल्म ‘गदद जाली’ र हिन्दी फिल्म गमनु बाट उनले करिअर शुरू गरेका थिए ।
अभिनय जगतमा उनी मौलिक क्षमता र कलाका कारण चिनिन्छन् । उनले ‘परिंदा’ (१९८९), ‘क्रान्तिवीर’ (१९९४), ‘खामोशी’ (१९९६), ‘अग्निसाक्षी’ (१९९६), ‘यशवंत’ (१९९७), ‘अब तक छप्पन’ (२००४), ‘वेलकम’ (२००७’, ‘राजनीति’ (२०१०) र मराठी फिल्म ‘नटसम्राट’ (२०१६) बाट अत्यधिक ख्याति हासिल गरेका थिए ।
उनको परिवारमा पत्नी नीलकान्ति पाटेकर र छोरा मल्हार पाटेकर छन् ।


