वि.सं.२०८३ कात्तिक ७ शुक्रवार
Shivam
Dish Home Long Ad
TaTa
अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाली लगानी बढेपछि खोलियो एकै ठाउँ दुई होटल

काठमाडौं । नेपाली व्यवसायीहरूको लगानीमा अमेरिकाको नर्थ क्यारोलाइनाको मेबेनमा नयाँ होटल सञ्चालनमा आएको छ ।

मेबेनको २९० लोब्स बुलेभार्डमा ‘लाकिन्ता इन एन्ड सुइट्स बाइ विन्डह्याम’ र ‘हथ्रोन एक्स्टेन्डेड स्टे बाइ विन्डह्याम’ एउटै परिसरमा सञ्चालनमा आएका हुन् । मेबेन नगरको योजनासम्बन्धी कागजातअनुसार परियोजनाको एउटा होटल भवन चारतले र १०३ कोठाको हुने गरी स्वीकृत गरिएको थियो ।
२४ सेप्टेम्बर २०२६ मा आयोजित औपचारिक समारोहमा होटल उद्‍घाटन गरिएको हो । साझेदारहरूको प्रतिनिधित्व गर्दै सुमित सञ्जेल, सुधीर मरहठ्ठा र राधेश पण्डितले होटल उद्‍घाटन गरेका हुन् ।

होटलका एक साझेदार राधेश पण्डितका अनुसार जग्गा खरिददेखि योजना, अनुमति, निर्माण र उद्‍घाटनसम्म आइपुग्न लामो समय लागेको हो । यो लगानीकर्ता समूहको स्वामित्व तथा सञ्चालनमा रहेको आठौं होटल हो ।

अर्का लगानीकर्ता सुमित सञ्जेलले लामो यात्रापछि होटलको औपचारिक उद्‍घाटन गर्न पाउँदा खुसी लागेको बताए ।
उनका अनुसार होटल व्यवस्थापन समूहले राम्रो काम गरिरहेको छ र पाहुनाबाट पनि उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेका छन् ।

Agni

सम्बन्धित खवर