वि.सं.२०८३ कात्तिक ९ आइतवार
Shivam
Dish Home Long Ad
TaTa
सीले ट्रम्पसँग गरेको अपिललाई इरानले किन गर्यो स्वागत ?

काठमाडौ । चीनका राष्ट्रपति सी चिनफिङले इरान र संयुक्त राज्य अमेरिकालाई गत जुन महिनामा गरिएको सम्झौतामा वार्ता पुनः सुरु गर्न आग्रह गरेका छन्। इरानले चीनको यो अपिललाई स्वागत गरेको छ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो देश वार्ता र कूटनीतिमार्फत मतभेद समाधान गर्ने पक्षमा रहेको उल्लेख गर्दै जुनमा गरिएको सम्झौतामा फर्कन र पहिले गरिएका वाचा पूरा गरिनुपर्नेमा जोड दिएका छन्।

पेजेस्कियानले शुक्रबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘इस्लामाबाद समझदारीमा फर्कने र वार्तामार्फत मतभेद समाधान गर्न राष्ट्रपति सी चिनफिङले गरेको आह्वानको म सराहना गर्छु।’

‘इरान पनि यही धारणालाई समर्थन गर्छ र त्यो सम्झौतामा फर्कने, पहिले गरिएका वाचा पूरा गर्ने र ठोस वार्ताका लागि आवश्यक वातावरण सिर्जना गर्ने आवश्यकतामा जोड दिन्छ।’

पेजेस्कियानले राष्ट्रिय सार्वभौमिकताको सम्मान गर्ने, तनाव कम गर्ने र क्षेत्रमा शान्ति कायम गर्ने विषयमा इरान र चीनको लगभग एकै सोच रहेको उल्लेख गर्दै यसले दुई देशबिचको सहयोगलाई अझ बलियो बनाउने धारणा राखेका छन्।

सीले हालै अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा आयोजित द्विपक्षीय बैठकमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शान्ति स्थापनाबारे कुरा गरेका थिए।

Agni

सम्बन्धित खवर