वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
भारतले निर्वाचनका लागि नेपाललाई दियो ६१ गाडी
Prabhu Bank AD

 

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भारतले नेपाललाई ६१ वटा गाडी उपलब्ध गराएको छ।

मंगलबार गृह मन्त्रालयमा आयोजित कार्यक्रमबीच नेपालका लागि भारतका कार्यवाहक राजदूत डा। राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश अर्याललाई गाडीको साँचो हस्तान्तरण गरेका छन्। पहिलो चरणमा भारतले ६१ वटा गाडी उपलब्ध गराएको हो।

अर्थ मन्त्रालयलले १०६ वटा गाडीका लागि करछुटको सहमति प्रदान गरेको थियो। बाँकी गाडी अर्को चरणमा उपलब्ध गराउने दूतावासले जानकारी दिएको छ।

भारतले महिन्द्रा एन्ड महिन्द्रा ब्रान्डको स्कोर्पियो र बोलेरो डबल क्याबिन पिक भ्यान उपलब्ध गराएको हो।

Prabhu Bank AD

सम्बन्धित खवर