वि.सं.२०८३ कात्तिक ८ शनिवार
Shivam
Dish Home Long Ad
TaTa
पशुपति क्षेत्रमा बढ्न थाल्यो साधुसन्तको चहलपहल

काठमाडौँ । बुधवार परेको यस वर्षको महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा तथा साधुसन्तको उपस्थिति र चहलपहल बढेको छ।

छिमेकी देश भारत, बंगलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तको पशुपति क्षेत्रमा आइसकेका छन् । भारतमा जारी महाकुम्भ मेलाको कारण यस वर्ष तुलनात्मक रूपमा साधुसन्तको उपस्थिति कम हुने आकलन गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा सजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए

Agni

सम्बन्धित खवर