वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोगबारे आचारसंहिता : बिरामीको परिचय खुलाउन नपाउने
Prabhu Bank AD

 

काठमाडौं साउन २६, २०७९

नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोग संहिता सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यम उपयोग आचारसंहिता २०७९ सार्वजनिक गरेको छ । काउन्सिलमा दर्तावाल चिकित्सकले नेपाल काउन्सिलमा दर्ता रहेका बाहेकका उपाधि प्रयोग गर्न गराउन नपाउने भएका छन् ।

यस्तै, सामाजिक सञ्जालमा कुनै पेसागत विवरण राखेमा काउन्सिल दर्ता प्रमाणपत्रमा उल्लेखित उपाधि मात्र लेख्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ । यस्तै, सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यममा लेख्दा लेख्दा तथ्यपरक सान्दर्भिक विषयवस्तु मात्रा राख्नुपर्ने आचारसंहितामा जनाइएको छ ।

नेपालमा कोरोना महामारी सुरु भएयता विषय विशेषज्ञभन्दा बाहिरका चिकित्सक बोल्ने र लेख्ने प्रवृत्ति बढेको थियो । उपचारजन्य कुनै पनि जानकारी दिएको खण्डमा वैज्ञानिक रूपमा स्थापित तथ्यमा लेख्न पाइने र सम्भव भएसम्म उक्त तथ्यको पछिल्लो सन्दर्भ सामाग्री उल्लेख गर्नुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।

यस्तै, बिरामीको परिचय खुल्नेगरि कुनै पनि उपचारजन्य भिडियो र तस्बिर सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख गरिएको छ । अबदेखि अनलाइन परामर्शमा समेत कानुनी पक्ष आकर्षित हुने भएकाले अनिवार्य रूपमा लिखित अभिलेख राख्नुपर्ने हुन्छ । यस्तै, अनलाइन परामर्श तथा सुझाव प्रदान गर्दा कुनै पनि रोगको निदान तथा उपचार असहज हुने देखिएमा अनिवार्य रूपमा बिरामीलाई भौतिक चेकजाँच गरेर मात्र उपचारजन्य सुझाव तथा सल्लाह दिनुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।

कुनै पनि समस्याका बारेमा अनलाइन छलफल गर्दा आफ्नो धारणा प्रकट गर्न पाइने छ । तर, अन्य व्यक्ति तथा संस्थाका धारणाहरूको आलोचना गर्दा तथ्यपरक ज्ञान तथा जानकारी आवश्यक पर्छ । यद्यपि आलोचनात्मक अभिव्यक्तिमा समेत अपमानजनक शब्द प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर