वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
रोल्पामा प्रहरीले नष्ट गर्‍यो अफिम खेती
Prabhu Bank AD

काठमाडौ । रोल्पामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । पश्चिम रोल्पामा अवस्थित परिवर्तन गाउँपालिका(४ तातोपानीमा प्रहरीले शनिबार अफिम खेती नष्ट गरेको हो ।

प्रमुख जिल्ला अधिकार गंगाबहादुर क्षेत्री र जिल्ला प्रहरी कार्यालय रोल्पा प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको नेतृत्वमा खटिएको जिल्ला प्रहरी कार्यालयको ७ जनाको टोली र इलाका प्रहरी कार्यालय पाछाबाङको ७ जनाको टोलीले अफिम खेती नष्ट गरेको हो ।

करिब ७०० अफिमका बोट नष्ट गरिएको प्रहरीले जनाएको छ । उक्त ठाउँमा अफिम खेती गरेको आरोपमा एकजनालाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पक्राउ पर्नेमा परिवर्तन गाउँपलिका –४ तातापानीका ६० वर्षीय धनसिंह वली रहेका छन् । उनलाई हिजो दिउँसो नियन्त्रणमा लिएको हो ।

सूर्यप्रकाश बुढामगरबाट

Prabhu Bank AD

सम्बन्धित खवर