वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
सोलुखुम्बु गाडी दुर्घटना ः मृतक ३ मध्ये २ किशोरीको मात्रै सनाखत
Prabhu Bank AD

 

काठमाडौ । बिहीबार साँझ सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने तीन जनामध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुना भन्ने ठाउँबाट गाडी सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको हो।

साँझ साढे ६ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको ११ जना सवार बोलेरो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाउनेमध्ये महाकुलुङ गाउँपालिका(३ छेस्काम घर भएकी १६ वर्षीया हबी राई र सोही ठाउँकी २० वर्षीया शान्ति राईको मात्रै सनाखत भएको कुँवरले जानकारी दिए। ‘मृतक एक किशोरीको पहिचान खुलेको छैन, हामी पहिचानको प्रयास गरिरहेका छौँ,’ डीएसपी कुँवरले भने।

दुर्घटनामा घाइते भएका गाडी चालक महाकुलुङ ३ घर भएका ३२ वर्षीय श्रीध्वज राईको अवस्था गम्भीर छ।

त्यसैगरि महाकुलुङ ४ की १६ वर्षीया गंगा राई, सोही ठाउँकी १८ वर्षीया बस्तीकला राई, १६ वर्षीया समया राई, वर्ष १६ कै सजना राई र १० वर्षीय उमेश राई दुर्घटनामा घाइते भएका छन्।

घाइतेहरुको जिल्ल अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा दुईजना भने सकुशल छन्।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय