काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराईरमधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग शुक्रबार छिचोलिएको छ ।
यसै गरी जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो ।
शुक्रबार रक्षा मन्त्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति महारथी प्रभुराम शर्मा, रक्षा सचिव किरण राज शर्मा, रथीवृन्द लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक व्यक्तिहरुको उपस्थितिमा एक कार्यक्रको आयोजना गरिएको थियो । सोही अवसरमा रक्षा मन्त्रीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्ग लगायत द्रुतमार्गका निर्माणाधीन संरचनाहरुको पनि अवलोकन गर्नु भएको थियो ।

