वि.सं.२०८३ कात्तिक ११ मंगलवार
Shivam
Dish Home Long Ad
TaTa
अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सम्मेलन होप–२०२४ सम्बोधन गर्दै विनोद चौधरी

काठमाडौँ । नेपालका प्रख्यात उद्यमी एवं नेपाली कांग्रेसका सांसद् विनोद चौधरीले हस्पिटालिटी क्षेत्रको अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सम्मेलन होप–२०२४ मा कि नोट स्पिकरका रूपमा सम्बोधन गर्ने भएका छन् । बिहीबार (आज) र शुक्रबार भारतको पर्यटकीय नगरी गोवामा आयोजना हुने सम्मेलनमा विश्वभरका ख्यातीप्राप्त होटेलियर्सहरू सहभागी हुँदैछन् ।

नेपालको हस्पिटालिटी इन्डष्ट्रीमा द्रूततर लगानी विस्तार गरिरहेको चौधरी ग्रुपका अध्यक्षसमेत रहेका चौधरीलाई अन्तर्राष्ट्रिय सम्मेलनमा उच्च सम्मानका साथ आमन्त्रण गरिएको हो।

चौधरी ग्रुपले नेपालमा मेघौली सराई, भिभान्ता काठमाडौं, होटल समिट, होटल चितवन, मिराया र उन्नती कल्चरल भिलेज लगायतका होटलमा लगानी गरेको छ। सम्मेलनमा विश्वका विख्यात हस्पिटालिटी ब्राण्डका ८० भन्दा धेरै उच्च पदस्थ पदाधिकारीहरूले भाग लिँदैछन् ।

चौधरीले ‘हस्पिटालिटी इन्भेष्टमेन्ट एण्ड फण्डिङ आउटलुक’ विषयमा कि नोट स्पिच दिनेछन् । हस्पिटालिटी इन्डष्ट्रीको विश्वब्यापी ट्रेण्ड र यसको अवस्था, ग्लोबल एण्ड डोमेस्टिक हस्पिटालिटी ट्रेण्ड र हस्पिटालिटी इन्डष्ट्रिले आगामी पाँच वर्षका लागि लिनुपर्ने रणनीति लगायतका विषयहरूका बारेमा अध्यक्ष चौधरीले बोल्ने छन् ।

सम्मेलनमा हिल्टनका भाइस प्रेसिडेण्ट क्लरेन्स टन, म्यारियट एसिया प्यासिफिकका प्रेसिडेण्ट राजिव मेनन, र्‍याडिसन होटल ग्रुपका साउथ एसिया एडभाइजर के बी कछ्रू, अक्स एयरका को–फाउण्डर आकाश घोष, ओवरेय ग्रुपका चिप अपरेटिङ अफिसर मोहित निरूला, एयर इन्डियाका सिईओ एण्ड एमडी क्याम्पबेल विल्सन, भारतका प्रख्यात कवि एवं स्क्रिप्ट राईटर जावेद अख्तर लगायत विश्वब्यापी ख्यातीप्राप्त व्यक्तिहरू सहभागी रहने छन् ।

Agni

सम्बन्धित खवर