वि.सं.२०८३ कात्तिक ८ शनिवार
Shivam
Dish Home Long Ad
TaTa
सिरहामा १ हजार १०२ किलो गाँजासहित बोलेरो र मोटरसाइकल बरामद

सिरहा । सिरहाको सुखीपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित गागन खोलाको पुलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा २०८३ असोज १५ गते राति १ः३६ बजे सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहा, सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट खटिएको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको फुलबडी बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकल नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार दुवै सवारीसाधनमा २६ बोरा गाँजा फेला परेको थियो। नापतौल गर्दा गाँजाको कुल तौल १ हजार १०२ किलो ६ सय ५५ ग्राम (१,१०२.६५५ केजी) रहेको छ।

सशस्त्र प्रहरीको टोलीलाई देखेपछि बोलेरो गाडी र मोटरसाइकलका चालक सवारीसाधन तथा गाँजा छाडेर फरार भएका छन्। फरार चालकहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बरामद गाडी, मोटरसाइकल र गाँजा नं. ७ गण हेडक्वार्टर सिरहामा ल्याई आवश्यक कानुनी कारबाही अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Agni

सम्बन्धित खवर