वि.सं.२०८३ कात्तिक ८ शनिवार
Shivam
Dish Home Long Ad
TaTa
चोलेन्द्रलाई सुरक्षित ठाउँमा राखेर जिम्मा लगाइयो परिवारसंग

काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षित ठाउँमा राखेर परिवारको जिम्मा लगाइएको छ ।
शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने जबरालाई सुरक्षित ठाउँमा पठाएको बताएका थिए ‘सुरक्षित ठाउँ’ भनेको कहाँ हो भन्नेबारे भने उनले खुलाएका छैनन् ।

गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो ।
उनलाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएन । गेटमा करिब ४५ मिनेट कुर्दा पनि भेट्न नदिइएपछि आयोगको टोली फर्किएको थियो । तर सरकारले जबरालाई पक्राउ गर्नुपर्नाका कारण खुलाएको छैन ।
एसएसपी खड्काले ‘सुरक्षा थ्रेट’ भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जिकिर गरेका छन् ।

गएराति अपराध अनुसन्धान कार्यालय टेकुको टोली निवास आएपछि जबराले भाइ प्रभुशम्शेरलाई फोन गरेर जानकारी गराएका थिए । प्रभुशम्शेरले पनि आज बिहान कुरा गर्दै भने, ‘जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै प्रहरीहरुले दाइलाई पक्रेर लगेछन् ।’

तर कानुनका जानकारहरुले प्रहरीको शैलीमाथि प्रश्न उठाएका छन् ।

 

Agni

सम्बन्धित खवर