‘काठमाडौंको एक चारतारे होटलको नेतृत्व मापनमा नयाँ पहल’
काठमाडौं, साउन २०, २०८३ (अगस्ट ५, २०२६) — नेतृत्व विकास तालिम प्रायः एउटै पाठ्यक्रम, प्रेरणामूलक प्रस्तुति वा सामान्य कार्यशालामा सीमित हुने गरेको छ। तर रमादा एन्कोर बाइ विन्डहम काठमाडौं ठमेल (Ramada Encore by Wyndham Kathmandu Thamel) ले भने नेतृत्वलाई तथ्यका आधारमा बुझ्ने र विकास गर्ने नयाँ अभ्यास सुरु गरेको छ।
होटलले इम्प्याक्ट यस (Impact Yes) सँगको सहकार्यमा गाला (GALA – Gap Analysis for Leadership Alignment) नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्दै आफ्ना नेतृत्वकर्ताको नेतृत्व शैली मापन, व्यक्तिगत विश्लेषण तथा सुधारका लागि व्यक्तिगत कार्ययोजना तयार गर्ने प्रक्रिया अपनाएको हो।
गत जुलाई २९ देखि ३१, २०२६ सम्म सञ्चालन भएको तीनदिने कार्यक्रममा होटलका विभिन्न विभागका २२ कर्मचारी, जसमा ९ विभागीय प्रमुख समेत सहभागी थिए। विभागीय प्रमुखहरूले गाला कार्यकारी नेतृत्व मूल्याङ्कन तथा अन्य सहभागीहरूले मिनी-गाला भेक्टर–९ (Vector9) मूल्याङ्कन पूरा गरेका थिए। प्रत्येक सहभागीले आफ्नो नेतृत्व शैलीको व्यक्तिगत मूल्याङ्कन प्रतिवेदन र त्यसका आधारमा तयार गरिएको व्यक्तिगत कार्ययोजना प्राप्त गरेका छन्।

रमादा एन्कोर बाइ विन्डहम काठमाडौं ठमेलका महाप्रबन्धक महेश फुयालले भने,
“मैले सहभागी भएका धेरै नेतृत्व तालिमभन्दा यो कार्यक्रम निकै सहभागितामूलक थियो। सबैले सक्रिय रूपमा आफ्ना विचार राखे, एकअर्काबाट सिक्ने अवसर पाए। संस्थाभर नेतृत्वबारे साझा बुझाइ विकसित भए त्यसले संस्थाको विकासलाई गति दिन्छ। यो कार्यक्रम वास्तवमै लगानी गर्न लायक छ।”
स्थानीय आवश्यकता अनुसारको नेतृत्व विकास
यो कार्यक्रम रमादा एन्कोर काठमाडौं र इम्प्याक्ट यस बीच सन् २०२५ मा भएको सहकार्यको पहिलो प्रमुख उपलब्धि हो। दुवै संस्थाले अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई जस्ताको तस्तै लागू गर्नुको सट्टा होटलको कार्यसंस्कृति, कर्मचारी र स्थानीय परिवेशअनुसार नेतृत्व विकास गर्ने उद्देश्य राखेका छन्।
कार्यक्रम सुरु हुनुअघि गरिएको छलफलमा सहभागीहरूले सामान्य अनलाइन तालिमले स्थानीय कार्यपरिवेशलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसक्ने अनुभव साझा गरेका थिए। विदेशमा तालिम लिएका कर्मचारीहरूले विभिन्न मुलुकमा नेतृत्व विकास गर्ने शैली फरक हुने उल्लेख गर्दै स्थानीय सन्दर्भ बुझ्ने प्रशिक्षकसँग प्रत्यक्ष सिकाइ प्रभावकारी हुने बताएका थिए। गाला कार्यक्रमले सबैका लागि एउटै ढाँचा अपनाउनुको सट्टा प्रत्येक व्यक्तिको नेतृत्व व्यवहारलाई केन्द्रमा राखेर विकास गर्ने अवधारणा अघि सारेको छ।

पर्यटन उद्योगका लागि किन महत्त्वपूर्ण?
नेपालको पर्यटन उद्योग विस्तार भइरहेका बेला होटलहरू दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका अन्य गन्तव्यसँग प्रतिस्पर्धा गरिरहेका छन्। यस्तो अवस्थामा नेतृत्व केवल तालिममा सहभागी हुने विषय मात्र नभई, व्यवस्थापकहरूले दैनिक रूपमा कसरी निर्णय गर्छन्, टोलीसँग कसरी संवाद गर्छन्, कर्मचारीलाई कसरी विकास गर्छन् र चुनौतीपूर्ण परिस्थितिको सामना कसरी गर्छन् भन्ने पक्षसँग पनि जोडिएको विषय हो।
इम्प्याक्ट यसका सह-संस्थापक कोविद पन्थीका अनुसार,
“धेरैजसो नेतृत्व तालिम प्रेरणामूलक कार्यक्रममै सीमित छन्। हामीले गाला र भेक्टर–९ विकास गर्नुको उद्देश्य प्रत्येक नेतृत्वकर्ताले आफ्नो नेतृत्व शैलीलाई तथ्याङ्कका आधारमा बुझ्न सकून् भन्ने हो। नेतृत्व मापन गर्न, विश्लेषण गर्न र विकास गर्न सकिने व्यवहारहरूको समुच्चय हो।”
सह-संस्थापक किम बाडेनले भने,
“सुरुमा रमादा एन्कोर हाम्रो विधिप्रति केही सशंकित हुनु स्वाभाविक थियो। तर आज उनीहरूले प्राप्त गरेको नतिजाले त्यो विश्वास सही साबित गरेको छ। हामी कुनै संस्थाको संस्कृति परिवर्तन गर्दैनौँ, बरु त्यसलाई सम्मान गर्दै त्यही संस्कृति अनुरूप नेतृत्व विकासको प्रक्रिया तयार गर्छौँ।”
कार्यक्रममा सहभागी ड्युटी म्यानेजर निखिल मुखियाले भने,
“नेतृत्वका गुणहरू यति स्पष्ट रूपमा मापन गर्न सकिन्छ भन्ने मैले सोचेको थिइनँ। पहिलो पटक मैले आफू कहाँ सुधार गर्नुपर्छ भन्ने स्पष्ट रूपमा देख्न पाएँ र अब मसँग राम्रो नेतृत्वकर्ता बन्ने स्पष्ट मार्गचित्र छ।”
रमादा एन्कोर काठमाडौंले आगामी चरणमा पहिलो समूहमा सहभागी नभएका कर्मचारीलाई पनि कार्यक्रममा समेट्ने तथा व्यक्तिगत कार्ययोजनाको कार्यान्वयनका लागि नियमित कोचिङ र अनुगमन गर्ने जनाएको छ।
इम्प्याक्ट यस (Impact Yes) बारे
इम्प्याक्ट यस एक अन्तर्राष्ट्रिय नेतृत्व विकास संस्था हो, जसले मनोवैज्ञानिक विशेषज्ञता र व्यवहारिक नेतृत्व विकास उपकरणलाई संयोजन गर्दै संस्था तथा नेतृत्वकर्ताको क्षमता विकासमा काम गर्दै आएको छ। संस्थाले भेक्टर–९ (Vector9), गाला (GALA) र प्याक्टोमिक्स (Pactomics) लगायतका नेतृत्व विकास फ्रेमवर्क तथा मूल्याङ्कन प्रणाली विकास गरेको छ। इम्प्याक्ट यसको मुख्य कार्यालय अमेरिकाको डेलावेयर राज्यमा रहेको छ र यसले विश्वका विभिन्न देशका ग्राहक तथा साझेदारहरूसँग सहकार्य गर्दै आएको छ।
भेक्टर–९: vector9.you | गाला: gala.you | प्याक्टोमिक्स: pactomics.com | इम्प्याक्ट यस: impactyes.com
रमादा एन्कोर बाइ विन्डहम काठमाडौं ठमेल बारे
रमादा एन्कोर बाइ विन्डहम काठमाडौं ठमेल काठमाडौंको मुटु ठमेलमा अवस्थित आधुनिक चारतारे होटल हो। होटलले आधुनिक सुविधा र आरामदायी आतिथ्य सेवा प्रदान गर्दै आएको छ। यहाँ पटेओ (Pateo) रेस्टुरेन्ट, एल बेसो कारो (El Beso Caro) रूफटप बार तथा चोकोस एन सब्स (Chocos N Subs) क्याफे सञ्चालनमा छन्। साथै, अतिथिहरूका लागि रूफटप प्लन्ज पूल, स्पा, फिटनेस सेन्टर तथा बैठक, सम्मेलन र विभिन्न कार्यक्रमका लागि लचिलो बैठक कक्षहरूको सुविधा उपलब्ध छ।

