मेघालय, भारत । भारतको मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लाको एक गाउँमा रहेको शंकास्पद अवैध कोइला खानीमा बिहीबार (५, २०२६) आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको खबर छ । आगलागीमा परी दर्जनौ कामदार फसेको आशंका गरिएको प्रहरीले जनाएको छ।
पूर्वी जयन्तिया हिल्स जिल्लाका अधिकारीहरूले अहिलेसम्म १६ जनाको शव निकालिएको बताएका छन्। मेघालयको जैन्तिया जिल्लामा फसेको अनुमान गरिएका अन्यलाई उद्धार गर्ने प्रयास जारी छ।
घटना थाङ्स्कु क्षेत्रमा भएको हो, प्रहरी अधिकारी विकास कुमारले पीटीआईलाई बताएका छन् ।

