वि.सं.२०८३ जेठ १० आइतवार
Dish Home Long Ad
चालू आ.व. ६ महिनामा ३९ अर्ब २३ करोड ६१ लाख बराबरको वैदेशिक लगानी प्रतिबद्धता
Prabhu Bank AD

काठमाडौं। मुलुकको विकास साझेदारहरूबाट चालू आर्थिक वर्षको प्रथम छ महिनामा ३९ अर्ब २३ करोड ६१ लाख बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालू आवको छ महिनामा ४७५ वटा उद्योगमा ३९ अर्ब, चालु आवको पहिलो तीन महिनामा ३११ वटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो।

चालू आवमा सात वटा ठूला, आठ वटा मध्यम र ४६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको तथा गत पुसमा ३६ वटा साना उद्योगमा पाँच अर्ब ९९ करोड ५० लाख बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ।

प्रत्यक्ष वैदेशिक लगानीको हालसम्मको कुल प्रतिबद्धता भने सात हजार ७१३ वटा उद्योगमा छ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख बराबर रहेको छ।

बितेका छ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २५७ वटा उद्योगका लागि एक अर्ब सात करोड ८४ लाख ८६ हजार छ। रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा २१ अर्ब ८८ करोड ८० लाख बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

पर्यटनमूलक क्षेत्रका १४५ उद्योगमा १० अर्ब ५४ करोड २० लाख ५० हजार, उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा दुई अर्ब तीन करोड २३ लाख, ऊर्जामूलक क्षेत्रको एउटा उद्योगमा १८ करोड ४२ लाख ५० हजार, खनिज क्षेत्रको एउटा उद्योगमा चार करोड ५० लाख र सेवामूलक क्षेत्रका ३१ उद्योगमा तीन अर्ब ४६ करोड ६० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएको विवरणमा उल्लेख छ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय