वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
खण्डहर शीतल निवासको प्राङ्गणमा मन्त्रीहरूको शपथ
Prabhu Bank AD

काठमाडौं । जेन–जी आन्दोलनको क्रममा भदौ २४ गतेको प्रदर्शनमा आगजनीबाट खण्डहर बनेको शीतल निवासको प्राङ्गणमा मन्त्रीहरूको शपथ गरिएको छ । शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर शपथग्रहणको कार्यक्रम सम्पन्न गरिएको हो । आज अर्थमन्त्री, ऊर्जामन्त्री र गृहमन्त्रीको शपथ राष्ट्रपति कार्यालयमा सम्पन्न भएको छ । यस्तै मञ्चको पृष्ठभूमिमा आगजनीबाट जलेको केही भाग समेत देखिएको थियो । यस्तै मञ्चमा सामान्य कार्पेट बिछ्याइएको थियो । यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रम भने शीतलनिवासभित्रको सानो कोठामा गरिएको थियो । आज भने बाहिरै टेन्ट टाँगेर मञ्च बनाइएको हो ।

Prabhu Bank AD

सम्बन्धित खवर