काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) धरानको खानेपानीको समस्या समाधानका लागि मंगलबार सिंहदरबार पुगेका छन् । उनी रित्तो गाग्री लिएर सिंहदरबार परिसर प्रवेश गर्न खोजेका थिए । तर उनले बोकेको गाग्री भने प्रहरीले आफ्नोृ नियन्त्रणमा लिएको छ ।
मेयर राईले मंगलबार बिहान गाग्रीसहित खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय जाने बताएका थिए । संघीय सरकारले धरानमा खानेपानी समस्या समाधानका लागि पहल गर्नुपर्ने उनको माग छ । उनले सामाजिक सञ्जालमा लेखेका थिए, ुआज १० बजे आसपासमा सिंहदरबार छिर्ने विचार छ । खानेपानीमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीको कार्यालयमा गाग्रीसहित जानेछु । केन्द्रले धरानलाई विभेद नगरी सप्तकोशीको पानी ल्याउने योजनाको ठेक्का यही वर्षमा लगाइदिन परो भन्ने माग हो ।

