वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
भेडेटारबाट आज धरान आउँदै गरेको कारबाट १ सय ९० केजी गाँजा बरामद
Prabhu Bank AD

 

 

२ पुस, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट करिब १ सय ९० केजी गाँजा बरामद भएको छ ।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरेर ल्याउँदै गरेको गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानले बरामद गरेको हो ।

चालक भने फरार छन् । सशस्त्र प्रहरी बलले बताए अनुसार चेकजाँचका लागि रोक्ने क्रममा ती चालक सडकमै गाडी छाडेर भागेका हुन् ।

सोही कारलाई पछ्याउँदै आएको को ३५ प २०४५ नम्बरको मोटरसाइलकमा सवार २ जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको शंकास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएको छ ।

बरामद गाँजा, कार, मोटरसाइकल र व्यक्तिलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको बताइएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर