वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
अलपत्र निलगाईको बच्चाको उद्धार
Prabhu Bank AD

सिरहा, १७ असोज ः दुर्लभ मानिएको निलगाईको करिब २० दिनको बच्चा एक्लै अलपत्र अवस्थामा लहानबाट उद्धार गरिएको छ । सब डिभिजन वन कार्यालय लहानले आज वडा नं.१७ स्थित गोविन्द मुरारी सामुदायिक वन क्षेत्रबाट उक्त निलगाईको बच्चालाई उद्धार गरि वन रक्षकको निगरानीमा राखिएको जनाएको छ ।

शिकारीले माउलाई शिकार गरेको वा अन्य वन्यजन्तुको आक्रमणमा परि बच्चा छुट्टीएको हुन सक्ने डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,“निलगाईको बच्चा एक्लै अलपत्र अवस्थामा रहेको स्थानीयले जानकारी दिएपछि वन कार्यालयको टोली गएर उद्धार गरेको हो । सो बच्चालाई वन कार्यालयकै हेरचाहमा सुरक्षितसाथ हुर्काइसकेपछि जिल्लास्थित कुनै वनमा सुरक्षित रुपमा छोड्ने छौँ ।”

यसभन्दा अघि पनि वन कार्यालयले घाइते निलगाईको उपचार गरिएको जानकारी दिदै दुर्लभ वन्यजन्तुको संरक्षण गर्नु सबै नागरिकको दायित्व भएको सूचना अधिकारी चौधरीले बताउनुभयो ।

निलगाईलाई नेपालमा संरक्षित वन्यजन्तुको रुपमा लिइन्छ । संरक्षित वन्यजन्तु चोरी सिकारी गरेको प्रमाणित भए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही हुनेछ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय