वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
नेपाली सेनाले दुई दिनमा ग¥यो ४ हजार ५ सय बाढी र पहिरो पीडितको उद्दार
Prabhu Bank AD

काठमाडौं । नेपाली सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोग तथा समन्वयमा आश्विन १२ र १३ गते ४ हजार ५ सय जनाको खोज तथा उद्दार गरेको छ । सैन्य हेडक्वार्टरले जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौं उपत्यका, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न १६० स्थानमा यस्तो उद्दार तथा राहतको काम गरेको जनाइएको छ ।

नेपाली सेनाले हवाई साधनद्वारा ललितपुरको कुसुन्ती, मख्खुबेशी र सिस्नेरीबाट ६ वटा शवसहित ३२ जना, काभ्रेको सुनकोशी गापाबाट ३५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको, काभ्रेकै नेपालथोकबाट २ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेकोको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी सिन्धुपाल्चोकको चौरी देउराली, दोलालघाट, काभ्रेको तेमाल गापा, मंगलटार, पनौती र काठमाडौंको मंगलटारबाट १४४ जनालाई उद्दार गरिएको उल्लेख गरिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय