एर्लिङ हालान्डले ह्याट्रिक गरेपछि साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिवार इप्सविच टाउनलाई ४ १ ले पराजित गरेको छ । एक गोलले पछि परेको अवस्थामा हालान्ड चम्किएपछि सिटीले पुनरागमन गर्दै सानदार जित निकालेको हो ।
सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा सामी स्मोडिक्सले खेलको सातौं मिनेटमै गोल गर्दै पाहुना टोली इप्सविच टाउनलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । सिटीका हालान्डले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि नै केभिन डे ब्रुएनाले साभिन्होको पासमा गोल गर्दै सिटीलाई २१ को अग्रता दिलाए ।

