वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
पोर्चुगल युरो २०२४ को क्वाटरफाइनलबाट बाहिरियो तर रोनाल्डोको भविष्यबारे निर्णय गर्न बाँकी
Prabhu Bank AD

पोर्चुगलका प्रबन्धक रोबर्टो मार्टिनेजले क्रिस्टियानो रोनाल्डो र पेपेको अन्तर्राष्ट्रिय फुटबलको भविष्यबारे कुनै व्यक्तिगत निर्णय नभएको बताएका छन्।युरो २०२४ को क्वार्टरफाइनलमा पोर्चुगल फ्रान्ससँग पराजित भएपछि मार्टिनेजले यो कुरा बताएका हुन् ।

प्रतियोगिताभर पोर्चुगलको टोलीमा दुवै खेलाडी नियमित रूपमा खेलिरहेका छन्। ३९ वर्षीय रोनाल्डोले अन्तिम १६ मा स्लोभेनियाविरुद्धको जित र क्वार्टरफाइनलमा फ्रान्ससँगको पराजयमा दुवै खेलको प्रत्येक मिनेट खेलेका थिए ।

उता पेपे ४१ वर्षको उमेरमा युरोपियन च्याम्पियनसिपको इतिहासमा सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन्। यो जोडीले शुक्रबारको हारपछि पिचमा लामो अँगालो बाँडे । पेपेले आँसु बगाउँदा रोनाल्डोले उनलाई सान्त्वना दिएका थिए।

‘उनको आँसु निराशा हो,’ मार्टिनेजले भन, ‘पेपे पोर्चुगल फुटबलमा एक रोल मोडेल हुन्। उनले आज राति र प्रतियोगितामा जे गरे त्यो आगामी पुस्ताका लागि हामीसँग रहिरहनेछ।’

‘यी दुई खेलाडीले पोर्चुगलका लागि अन्तिम पटक खेलेका हुन् रु’ भनेर सोध्दा मार्टिनेजले जवाफ दिए, ‘होइन, यो सबै कुरा हतारो हुनेछ। हामी अझै पराजयको दुःखमा छौँ। यस बिन्दुमा कुनै व्यक्तिगत निर्णय गरिएको छैन ।’

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय