काठमाडौं । धनुषाको शुभ श्री बचत तथा ऋण सहकारी ८० लाख रुपैयाँ सोमबार लुटिएको छ । जनकपुरको भानुचोकबाट रघुनाथपुर जाँदै गर्दा थुम्हौनानजिक मोटर साइकलमा आएका तीन जनाले रकम लुटेर फरार भएका हुन् ।
सहकारीका कर्मचारीले वीरेन्द्र महतोले राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजादै गर्दा रकम लुटिएको हो । वीरेन्द्र महतो र रेखादेवी महतो पनि मोटरसाइकलमा रकम लिएको बेलामा तीन युवा युवाले लुटेर भागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बिहान करिब ११ बजे सहकारीको पैसा लुटिएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

