वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
जागरण अभियानले गरे चालिस बिघा जग्गा कब्जा
Prabhu Bank AD

मधेस प्रदेश । बाराको कोल्हीबी नगरपालिका १०, मा साझा जागरण अभियानले चालिस बिघा जग्गा कब्जा गरेको छ । सरकारले हतबन्धी लगाएको जग्गा कानुनको कमजोर बाटो प्रयोग गरेर धनीहरुले लुकाएको जग्गा जागरण अभियानले कब्जा गरेका हुन ।

बारा जिल्लामा २१ सय विघा भन्दा बढी यस्तो जग्गा छ । २८ सय विघा जग्गामा ३ सय विघा जग्गा धनीलाई छोडेर बाँकी जग्गा नेपाल सरकारले आफ्नो नाउमा राखेको थियो । तर जमिनदारहरुले आफ्नो नजिकको विभिन्न व्यक्तिको नाममा राखेर जग्गालाई बिजनेस कम्पलेक्स बनाएपछि अभियानले कब्जा गरेका हुन ।

जागरण अभियानका जिल्ला संयोजक प्रकाश चौधरीले भने -´जमिनदारहरुले आफ्नो जग्गा मात्र होइन्, गरिब दलितहरुले पुस्तौंदेखि बसोबास गरेर बसेको हजारौंको विघा वन तथा सार्वजनिक जग्गा समेत उनीहरुले पहुँचको आधारमा लालपुर्जा बनाएर उठिबास लगाउने तथा प्लोटिंग गरेर विजनेश कम्प्लेक्स बनाएर दमन शोषण गरेकोले हामीले कब्जा गरेको बताए ।`

२०२१ सालमा सरकारले ल्याएको हतबन्धी सम्बन्धी भूमि ऐनले तत्कालीन जमिनदारहरुको आवश्यक जग्गा छाडेर बाँकी जग्गा सरकारले आफ्नो मातहत ल्याएका थिए । कानुन तथा कागजी हिसाबले त्यसो गरेपनि जमिनदारहरुले दृश्य अदृश्य रुपमा जग्गामाथि आफ्नो हैकम अहिलेसम्म कायम राखेको छ भने अधिकांश जग्गाहरु बेचिसकेको अवस्था पनि छ ।

कब्जा गरेको जमिनमा जागरण अभियानले धान रोपाइँ समेत गरिसकेको छ भने कतिपय जग्गामा रहेको गहुँबाली काटेर पीडितको घर समेत भित्र्याएका छन् । जागरण अभियानका जिल्ला सचिव सिकेन्द्र कुशवाहाले भने-´सरकारले गर्नुपर्ने काम हामीले गर्नुपरेको छ । यो सबैभन्दा दु:खद कुरा छ । अब यो कब्जा गरिएको जग्गा हामीले सक्दो सरकारकै समयोजनमा गरिब तथा दलित सुकुम्बासी भुमिहीनहरुलाई बाँडेर जीवन बाँच्ने आधार बनाई दिने प्रयत्न गर्ने बताए ।`

राजेश विद्रोही केन्द्रीय संयोजक रहेको यो जागरण अभियानले भुईं नागरिकको जीवनलाई छुनेगरी विभिन्न आन्दोलन तथा अभियानहरु विगत पाँच वर्षदेखि चलाउँदै आएका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय