वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
मुसहर संगठन विस्तार : अध्यक्षमा उपेन्द्र सदा
Prabhu Bank AD

सप्तरीको सुरुंगा नगरपालिका -८, मा उपेन्द्र सदाको अध्यक्षतामा १६ सदस्यीय मुसहर समुदायको चेतनामूलक जागरण संगठन निर्माण भएको छ ।

प्रमुख अतिथि बद्री सदा र विशेष अतिथि गंगा सदाको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता उपेन्द्र सदाले नै गरेका थिए । संगठनको उपाध्यक्षमत अछिलाल सदा, कोषाध्यक्षमा रेखा सदा,सचिव शैलेन्द्र सदा, सहसचिव राविलास सदा, सदस्यहरु बिरेन्द्र सदा कैलु सदा, शुभनारायण सदा, कैलु सदा, ढोढाई सदा, हरि सदा, सुकन सदा, कैलु सदा, मोतिलाल सदा,लक्ष्मी सदा, नन्दी सदा, सल्लाहकार समितिमा विन्दु सदा, राम सदा, शिवजी सदा, प्रथम सदा, मटुकलाल सदा लगायतका छन् ।

प्रमुख अतिथि बद्री सदा र विशिष्ट अतिथि गंगा सदाले मुसहर तथा दलित समुदाय अवको युगमा चुनावी भोटमा मात्र नभएर हरेक विभेदका विरुद्ध एकजुट भएर लड्नुपर्ने दिन आएको बताएका थिए । नयाँ चयन भएका पदाअधिकारिहरुलाई अतिथिहरुले अविर माला लगाएर बधाई तथा शुभकामना समेत दिएका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय