वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
स्पेन र ब्राजिलबिच बराबरी
Prabhu Bank AD

स्यान्टियागो बर्नेबाउमा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेन र ब्राजिल ३–३ गोलको बराबरीमा रोकिएका छन् । खेलको इन्जुरी समयमा वेस्ट ह्यामका मिडफिल्डर लुकास पाकेटाले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई हारबाट जोगाएका हुन् ।

खेलको १२ औँ मिनेटमा रोड्रीले पेनाल्टीबाट गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ३६ औँ मिनेटमा ड्यानी ओल्मोले टोलीको अग्रता दोब्बर बनाए । तर ४० औँ मिनेटमा रोड्रिगोले ब्राजिलका लागि एक गोल फर्काए ।

दोस्रो हाफको सुरुवातमा नै १७ वर्षीय खेलाडी एनड्रिकले बराबरी गोल गरे । ४ दिनको अन्तरमा उनको यो दोस्रो गोल थियो । यसअघि शुक्रबार उनले इंग्ल्याण्डविरुद्ध विजयी गोल गरेका थिए ।

खेल सकिन तीन मिनेट बाँकी छँदा रोड्रीले अर्को पेनाल्टीबाट स्पेनलाई पुनः अग्रता दिलाए पनि पाकेटाले इन्जुरीमा सयमा गोल गरेपछि खेल बराबरीमा टुंगियो । स्पेन यसअघिको मैत्रीपूर्ण खेलमा कोलम्बियासँग १–० गोलले पराजित भएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय