वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
एफए कपः ब्रिस्टल सिटीले वेस्ट ह्यामलाई पराजित गरेको छ
Prabhu Bank AD

ब्रिस्टल सिटी एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ । तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी वेस्ट हाममाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्दै ब्रिस्टल सिटी प्रतियोगिताको चौथो चरणमा पुगेको हो ।

खेलको प्रारम्भमै गरेको गोल नै ब्रिस्टल सिटीको जितमा पर्याप्त बन्यो । खेल सुरु भएको तेस्रो मिनेटमै ब्रिस्टल सिटीका लागि टोमी कनवेले निर्णायक गोल गरेका थिए । खेलका क्रममा प्रशिक्षक डेभिड मोएसको टोली वेस्ट हाम १० खेलाडीमा समेटिएको थियो ।

निर्धारित समयको ५१औँ मिनेटमा वेस्ट हामका सेड बेनरहमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । प्रतियोगिताको चौथो चरणमा ब्रिस्टल सिटीले नटिङ्घम फरेष्ट वा ब्ल्याकपुलसँग भिडन्त गर्नु पर्नेछ ।

यसैगरी बर्मिङ्घम सिटी, लुटन टाउन, न्युपोर्ट काउन्टी र उल्भरह्याम्पटन पनि प्रतियोगिताको चौथो चरणमा पुगेका छन् । बर्मिङ्घम सिटीले हल सिटीलाई २–१ गोलले हरायो भने उल्भरह्याम्पटनले ब्रेन्टफोर्डमाथि ३–२ गोलको रोमाञ्चक जित हासिल ग¥यो । लुटन टाउनले भने बोल्टन वन्डरर्सलाई २–१ गोलले पाखा लगायो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय