वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
न्युक्यासल मिलानसँग हारेपछि च्याम्पियन्स लिगबाट बाहिरियो
Prabhu Bank AD

इङ्लिस प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिएको छ । आफ्नो पछिल्लो खेलमा बुधबार राति इटालियन क्लब एसी मिलानसँग पराजित भएसँगै न्युक्यासल उपाधि होडबाट बाहिरिएको हो ।

एसी मिलानले न्युक्यासललाई २—१ गोलले हराएको हो । समूह ‘एफ’ अन्तर्गतको खेलमा पहिलो हाफमै लिएको अग्रता जोगाउन नसक्दा न्युक्यासल पराजित भएको थियो । खेल सुरु भएको ३३औँ मिनेटमै जोएलिन्टनले न्युक्यासललाई अग्रता दिलाएका थिए ।

सोही गोलका कारण न्युक्यासल पहिलो हाफमा अगाडि रहेको थियो । तर, खेलको दोस्रो हाफमा न्युक्यासलले लय गुमाएको थियो । त्यसैले खेलको दोस्रो हाफमा एसी मिलान दुई गोल फर्काउन सफल भएको थियो ।

खेलको ५९औँ मिनेटमा एसी मिलानका लागि क्रिस्टियन पुलिसिचले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा ६ मिनेटअघि एसी मिलानले दोस्रो गोल थपेको थियो । एसी मिलानका लागि दोस्रो गोल सामुएल चुकुएजले गरेका थिए ।

समूह ‘एफ’ मा चारवटै टोलीले ६–६ खेल खेलिसक्दा ११ अंकसहित जर्मन क्लब बोरुसिया डर्टमन्ड पहिलो र आठ अंकसहित फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० दोस्रो स्थानमा रहे । आठ अंक जोडेको एसी मिलान तेस्रो र पाँच अंक बटुलेको न्युक्यासल चौथो स्थानमा रहे । बोरुसिया डर्टमन्ड र पीएसजीले भने आफ्नो पछिल्लो खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय