वि.सं.२०८३ वैशाख २१ सोमवार
Dish Home Long Ad
यूईएफए नेसन्स लिग स् पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन
Prabhu Bank AD

चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ । शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक(एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहीन रहे । बाँकी समय दुबै टोलीले गोलको मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।

जितसँगै पोर्चुगल तीन खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । पराजित चेक तीन खेलबाट ४ अंक सहित तेस्रो स्थानमा छ । आज नै भएको खेलमा स्विट्जरल्यान्डलाई १–० ले पराजित गरेका स्पेन दोस्रो स्थानमा छ ।

Prabhu Bank AD

सम्बन्धित खवर