काठमाडौं । अंश मुद्दाको विषयमा विवाद हुँदा जिल्ला अदालत नवलपरासी परिसरमै गोली चलेको छ। सरावल गाउँपालिका ४ का हंशराज यादवले पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरेको नवलपरासी प्रहरी प्रमुख एसपी ऋषिराम कंडेलले जानकारी दिए। गोली प्रहारपछि उनी खालि खुट्टै भागेका छन्। उनको खोजि भइरहेको एसपी कंडेलले बताए।
अंश मुद्दाको विषयमा छलफल गर्न अदालतमा उपस्थित भएका हंशराज र रोशनी यादवको बिचमा विवाद भएपछि उनले गोली हानेका थिए। रोशनी हंशराजकी काकी हुन्। तर गोली भने कसैलाई पनि लागेन।
‘काकीलाई तर्साउन गोली हानेको देखिन्छ। त्यसपछि चप्पल छाडेर भागेको छ। अहिले खोजीका लागि ब्यापक प्रहरी परिचालन गरिएको एसपी कंडेलले जानकारी दिए ।

