वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
विमान दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँचबुझ आयोग गठन, विमानका सबै यात्रुको मृत्यु भएको पुष्टि
Prabhu Bank AD

 

काठमाडौँ । तारा एयरको विमान दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन सरकारले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

आयोगमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।

जेठ १६ गते बसेको मन्त्रिपरिषद्‍को बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गैरसैनिक हवाई दुर्घटना जाँच नियमावली, २०७१ को नियम ११ बमोजिम वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमन दुर्घटना जाँच इन्चार्ज रहने गरी देहाय बमोजिमको दुर्घटना जाँच आयोग गठन गर्ने नेपाल सरकारमा मन्त्रीस्तरबाट मिति २०७९र०२र १६ मा निर्णय भएको व्यहोरा जानकारी गराइन्छ । दुर्घटनामा मृत्यु हुनु भएका चालकदलका सदस्य एवं यात्रुहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक संतप्त परिवारजनप्रति मन्त्रालय हार्दिक समवेदना प्रकट गर्दछ।’

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको ट्वीनअटर विमान एक दिनपछि सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने स्थानमा १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

दुर्घटनामा उक्त विमानका सबै २२ जना यात्रुको मृत्यु भएको बताइएको छ । सोमबार दिउँसो उद्धार टोलीले सबै शवलाई काठमाडौं ल्याउने तयारी गरेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर