वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
यूएसएआईडीले नेपाललाई २० लाख डलर सहयोग गर्ने घोषणा
Prabhu Bank AD

 

यूएस एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएआईडी) ले नेपाललाई २० लाख डलर सहयोग गर्ने गर्ने घोषण गरेको छ । त्यसका अलावा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र यूएसएआईडी प्रमुख समान्था पावरले निजी क्षेत्रका साझेदारहरुलाई नेपालसहितका मुलुकमा लगानी गर्न आह्वान गरेके हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी राष्ट्रसंघीय महासभाको साइडलाइन्समा आयोजित ‘डेमोक्रेसी डेलिभर्स’ कार्यक्रममा उनीहरुले लोकतान्त्रिक परिवर्तन गरिरहेका मुलुकहरुमा लगानी गर्न परोपकारी तथा निजी क्षेत्रका साझेदारहरुलाई आग्रह गरेका हुन्।

नेपालमा अर्थतन्त्रको स्थिरता, रोजगार प्रवर्द्र्धन, ज्याला वृद्धि, लगानी परिचालन र लोकतन्त्रको लाभांश वितरणका लागि भन्दै यूएसएआईडीले सो रकम दिने घोषणा गरेको हो।

हालै यूएसएआईडीबाट नेपालले बहुवर्षीय योजनाहरुका लागि करिब ७० लाख डलर सहायता प्राप्त गरेको थियो।

Prabhu Bank AD

सम्बन्धित खवर