वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
हालान्डले मेस्सीलाई पछि पार्दै  जिते वर्ष खेलाडीको उपाधि
Prabhu Bank AD

लियोनेल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लीङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ उपाधि जितेका छन्।

अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सी र आफ्नै टिमका केभिन डी ब्रुइनलाई पछि पार्दै उपाधि जितेका हुन् । गत सिजन मात्र म्यानचेस्टर सिटी गएका हालान्डले पहिलो सिजन मै प्रिमियर लिग, एफ।ए। कप र च्याम्पियन्स लिग सहित प्रतिष्ठित ट्रेवल जितेका थिए।

हालान्डले गत सिजन क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए । उनले पहिलो प्रिमियर लिग सिजनमै मोहम्मद सालाह एक सिजनको गोल रेकर्ड तोड्दै ३६ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा ११ खेलमा १२ गोल गरेका थिए ।

यस्तै महिलातर्फ बार्सिलोना र स्पेनकी आईटाना बोनमाटीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड जितेकी छिन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष वर्ष प्रशिक्षकको अवार्ड जिते । उत्कृष्ट महिला प्रशिक्षक इंग्ल्यान्डकी सरिना विगमन बनिन्।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय