वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
कतारले नमाने अल्मुताइरी अझै दुई वर्ष नेपालमै रहने 
Prabhu Bank AD

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पछिल्लो समय विवादको घेरामा छन् । राष्ट्रिय टोलीका दश खेलाडीलाई क्याम्प छोड्न बाध्य बनाएका उनी अहिले राष्ट्रिय टोली घोषणा गर्दा झनै विवादमा छन् ।
दश खेलाडीसँग विवाद भएपछि एन्फाले छानविन समिति गठन गरेको थियो । उक्त छानविन समिति प्रतिवेदन सार्वजनिक गरेपनि अल्मुताइरीको गल्ती देखिएको हो । छानविन समितिले अल्मुताइरीलाई कतार फुटबलसँग परामर्श गरेर मुख्य प्रशिक्षक परिवर्तन गर्न बताएको छ । त्यसैमा दुइ मत बाजिएको छ ।

अल्मुताइरीलाई कतार फुटबल एसोसियसनले पारिश्रमिक दिएर पठाएको हो । उनलाई परिवर्तन गर्नका लागि कतार फुटबलको सहमति आवश्यक पर्ने भएको छ । कतार फुटबलले नमाने उनी नेपालमा नै रहनेछन् । यद्यपी एन्फासँग उनलाई बर्खास्त गर्ने अधिकार पनि छ । त्यसका लागि एन्फाले सम्झौता अनुसार अल्मुताइरीलाई दुई वर्षसम्मको पारिश्रमिक दिनुपर्ने हुन्छ ।

एन्फा आफै पछिल्लो समय ऋणमा भएको कारण पनि अहिले अल्मुताइरीलाई हाउने मनसायमा छैन् । उसै पनि छानविन समितिले एएफसी एसियन कपपछि मात्र अल्मुताइरीलाई परिवर्तन गर्ने कुरा गरेको छ ।

यता अल्मुताइरीले एन्फासँग दुई वर्षको सम्झौता गरिसकेका छन् । साफ फुटबलको फाइनलपछि उनले कतार फुटबल एसोसियसनको रोहबरमा नयाँ सम्झौता गरेका थिए ।

‘कतार फुटबलसँग परामर्श गरेर मात्र प्रशिक्षक परिवर्तनको विषयमा जानेछौँ । कतार फुटबलले नमाले अल्मुताइरी नेपालमै रहनेछन्,’ एन्फा अध्यक्ष शेर्पाले रातोपाटीसँगको कुराकानीमा भने ।

 

 

Prabhu Bank AD

सम्बन्धित खवर